मंगलबार, असार ३०, २०८३

कांग्रेसको विरोधले राष्ट्रियसभा बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसका सांसदको विरोधले राष्ट्रियसभा बैठक स्थगित भएको छ । संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डेले सरकारले मौलिक हकलाई उल्लंघन गर्दै निषेधाज्ञा जारी गरेको, गंगामाया अधिकारी र गोविन्द केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै सो विषयमा स्पष्ट जवाफ नदिएसम्मका लागि संसदमा विरोध जारी राख्ने बताएपछि बैठक स्थगित भएको हो । 

बैठकमा आफ्नो धारणा राख्दै पाण्डेले भने, ‘यो सरकारले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र रुपमा हिँडडुल गर्न, बोल्न र सभा गर्न दिएको मौलिक हकलाई उल्लंघन गर्दै निषेधाज्ञा जारी गरेको छ । यो फिर्ता गर्नु पर्‍यो । सीमित ठाउँमा मात्र हिँडडुल गर्न पाउने, सीमित कुरा मात्र बोल्न पाउने भनेर आदेश दिनु संविधान विपरीत हो ।’

वर्तमान सरकारले निरंकुशता लागू गरेको भन्दै पाण्डेले भने, ‘यस्तो आदेश पञ्चायत कालमा निरंकुश पञ्चायती सरकार र शाही शासन कालमा राजा ज्ञानेन्द्रले पनि जारी गरेका थिए । त्यो निषेधाज्ञा नतोडेको भए, प्रधानमन्त्रीको कुसीमा केपी ओली हुने थिएनन र अध्यक्षज्यू तपाईं पनि त्यो कुसीमा बस्न पाउनुहुने थिएन ।’ निषेधाज्ञा नतोडेको भए गणतन्त्र पनि नआउने अवस्था रहेको पनि उनले सुनाए । 

पाण्डेले छोराको हत्यारालाई कारबाहीको माग गर्दै जारी राखेको अनसनको उचित सम्बोधन गरी माग पूरा गर्न उनको जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न पनि आग्रह गरे । स्वास्थ्य क्षेत्रको विकृति अन्त्यको माग गर्दै अनसनमा बसेका गोविन्द केसीको माग सम्बोधन गर्दै डा केसीको पनि जीवन रक्षाका लागि काम गर्न आग्रह गरे । यी आग्रहको उचित सम्बोधन गर्ने स्पष्ट जवाफ नदिएसम्म आफूहरुले संसद चल्न नदिने भन्दै विरोध जनाएका छन् । 

सांसदहरुको विरोधलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्रीमार्फत जवाफ दिलाउने बताउँदा पनि सांसदहरुले नमानेपछि संसद बैठक स्थगित भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।