मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले संसद् ठप्प पार्ने, सडकमा निषेधाज्ञा तोड्ने 

कांग्रेसले संसद् ठप्प पार्ने, सडकमा निषेधाज्ञा तोड्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - कम्युनिस्ट सरकार अधिनायकवादको बाटोमा अग्रसर भएको निश्कर्ष निकाल्दै  नेपाली कांग्रेस आक्रमक रुपमा पेस हुने भएको छ। कांग्रेसले सडकमा निषेधाज्ञा तोड्ने र संसद्‌मा पनि आवश्यक परे घेराउ गर्ने रणनीति बनाएको छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो रणनीति बनाएको हो।

सार्वजनिक स्थलमा विरोध गर्न पाउने नागरिक अधिकार कुण्ठित हुने गरी सरकारले लागु गरेको निषेधाज्ञा तोड्न कांग्रेसले आजै मण्डलामा प्रदर्शन गर्दैछ। संसद्को बुधबारको बैठकमा पनि कांग्रेस आक्रमक रुपमा प्रस्तुत हुने भएको छ। सरकारलाई प्रहार गर्नका लागि कांग्रेसले पाँचवटा एजेन्डा तय गरेको छ।  गंगामायाको जीवन रक्षा, डा. गेविन्द केसीको माग सम्बोधन, मूल्यवृद्धि नियन्त्रण, नागरिक अधिकार कुण्ठित गर्ने निषेधाज्ञाको फिर्ता र संवैधानिक नियुक्तिमा पारदर्शीतालाई कांग्रेसले पाँच प्रमुख एजेन्डा बनाएको छ। 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले यी एजेन्डलाई सरकारले उचित सम्बोधन नगर्दासम्म संसद् पनि चल्न नदिने र सडकमा पनि संघर्ष चर्काउने निर्णय भएको जानकारी दिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।