सोमबार, कात्तिक ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोलि नेकपा स्थायी समिति बैठक : बोहराले बहिष्कार गर्ने !

भोलि नेकपा स्थायी समिति बैठक : बोहराले बहिष्कार गर्ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ- नेकपाको स्थायी समितिको बैठक बिहीबार बस्ने भएको छ । बुधबार बसेको सचिवालयको बैठकले त्यसका लागि एजेन्डासमेत तय गरेको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको नियमावली, सरकारको कामको समीक्षा लगायतका एजेन्डा तयार गरेको छ।  

एमाले र माओवादीबीचको एकता गरेर नेकपा बनेपछि  दोस्रो पटक स्थायी समितिको बैठक बस्न लागेको हो । यस अघिको बैठकका स्थायी समिति सदस्य अमृत बोहराले पार्टीको नियमावलीमा असन्तुष्टि जनाउँदै बहिस्कार गरेपछि बैठक स्थगित  भएको थियो । 

भोलिको बैठकका  आफूहरूले  भने बमोजिम नियमावली परिवर्तन नभए बैठक मा आफ्ना कुरा राखेर बहिष्कार गर्ने रणनीति बोहराले बनाएका छन् ।

तत्कालीन  एमाले अनुशासन आयोगका  अध्यक्ष बोहरा र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष अमिक शेरचनले नियमावलीमा  आयोगलाई अवमूल्यन गरिएको भन्दै बैठक बहिष्कार गर्दै आएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।