काठमाडौ- नेकपाको स्थायी समितिको बैठक बिहीबार बस्ने भएको छ । बुधबार बसेको सचिवालयको बैठकले त्यसका लागि एजेन्डासमेत तय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको नियमावली, सरकारको कामको समीक्षा लगायतका एजेन्डा तयार गरेको छ।
एमाले र माओवादीबीचको एकता गरेर नेकपा बनेपछि दोस्रो पटक स्थायी समितिको बैठक बस्न लागेको हो । यस अघिको बैठकका स्थायी समिति सदस्य अमृत बोहराले पार्टीको नियमावलीमा असन्तुष्टि जनाउँदै बहिस्कार गरेपछि बैठक स्थगित भएको थियो ।
भोलिको बैठकका आफूहरूले भने बमोजिम नियमावली परिवर्तन नभए बैठक मा आफ्ना कुरा राखेर बहिष्कार गर्ने रणनीति बोहराले बनाएका छन् ।
तत्कालीन एमाले अनुशासन आयोगका अध्यक्ष बोहरा र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष अमिक शेरचनले नियमावलीमा आयोगलाई अवमूल्यन गरिएको भन्दै बैठक बहिष्कार गर्दै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४