बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनतालाई दिने सेवा सुविधा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

जनतालाई दिने सेवा सुविधा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुस्त बनाउन  कर्मचारीलाई निर्देशन दिएका छन्।

लमजुङ बेँसी सहर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई वञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिएका छन्। 

मन्त्री पोखरेलले लमजुङमा रहेका बाढीपहिरोपीडित, भूकम्पपीडितका समस्यालगायत  जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना संक्रमण न्यूनीकरण र  स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले प्राथमिकता दिने बताए।

प्रदेशकै जनसंख्या तथा स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लाको समस्या समाधान गर्न लागिपर्नेमा जोड दिएकी छन्। जिल्लामा निर्माणाधीन रहेको पिसिआर भवनका लागि करिब ५० लाख आवश्यक रहेको र यसका लागि प्रदेश सकारले सहयोग गर्न स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले मुख्यमन्त्रीसँग अनुरोध गरेका छन्। 

कार्यक्रममा प्रदेशका बिना विभागीय मन्त्री दोबाटे विक, प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलगायत जिल्लाका सरकारी कार्यालय प्रमुख तथा कर्मचारी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो। 

प्रकाशित: Nov 13, 2021| 16:18 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।