मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • व्यापार घाटा झनै बढ्यो : ७४ अर्बको निर्यात हुँदा ११ खर्बको आयात

व्यापार घाटा झनै बढ्यो : ७४ अर्बको निर्यात हुँदा ११ खर्बको आयात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गएको ११ महिनामा विभिन्न मुलुकबाट नेपालमा ११ खर्ब ६ अर्ब ६४ करोड रुपैयाँको आयात हुदा नेपालबाट भने ७४ अर्ब ३२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

पछिल्लो समय स्वदेशी उत्पादन घट्दै जानु र विदेशी उत्पादीत माल वस्तु तथा विलासी सामाग्रीप्रति चासो बढ्नाले आयात बढेको हो ।

अर्थ मन्त्रालय, भन्सार विभागको अनुसार गएको ११ महिना(साउनदेखि जेठ) को अबधिमा ११ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँको वैदेशीक व्यापार भएको छ । जसमा नेपालको व्यापार घाटा १० खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
 
 व्यापार घाटा २५ प्रतिशत बढ्यो

गएको आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७४/७५ को सोही अबधिमा मुलुकको व्यापार घाटा २४.९० प्रतिशत बढेको छ । विभागको अनुसार गएको वर्षको ११ महिनामा ८ खर्ब २६ अर्ब ५० करोड रुपैयाँ व्यपार घाटा भएकोमा चालु वर्षको सोही अबधिमा मुलुकको व्यापार घाटा १० खर्ब ३२ अर्ब ३२ करोड रुपैयाँ भएको हो ।

त्यस्तै गएको ११ महिनाको तुलामा चालु ११ महिनामा आयात र निर्यातको रेसियो १३ प्रतिशतले बढेको छ । गएको वर्ष निर्यातको तुलनामा आयात १३ गुणा बढी थियो भने अहिले बढेर करिब १५ गुणा पुगेको छ । साथै गएको वर्ष कुल व्यापारमा आयातको हिस्सा ९३ प्रतिशत थियो भने यो वर्ष उक्त परिमाण समेत बढेर ९३.७ प्रतिशत पुगको अवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्