बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आवश्यकता परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सम्पन्न गरौं : सभामुख सापकोटा

आवश्यकता परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सम्पन्न गरौं : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यकता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने बताएका छन्।

शनिबार केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकलाई अनुरोध गरे। सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

उनले भने, ‘मैले भनिहाले– यो हाम्रो नेपाल राष्ट्रको यति जनसंख्या छ भनेर निकाल्ने कुरा मात्रै होइन। यो सुशासनको लागि, समृद्धिका लागि, विकास निर्माणको लागि, हरेक कुराका लागि धेरै महत्त्वपूर्ण छ। त्यसकारण हामी सबैले संकल्प गरौं। सुरु भएको गणनालाई सफलतापूर्वक हाम्रो राष्ट्रको आवश्यकता परिपूर्ति गर्नेगरी यसलाई सफल पार्नका लागि लागौं। र, म पनि आफ्नोतर्फबाट सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

राष्ट्रपति विद्या भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गरेको ‘राष्ट्रिय जनगणना २०७८’ मंसीर ९ गते सम्पन्न हुनेछ। ‘मेरो गणना : मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको छ। 

सभामुख सापकोटाले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरूको परिचालनमा उचित ध्यान दिन पनि केन्द्रीय तथ्यांक विभागका पदाधिकारीलाई सचेत गराएका छन्।

प्रकाशित: Nov 13, 2021| 12:45 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।