बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई १६ लाख क्षतिपूर्ति

करेन्ट लागेर मृत्यु भएकाको परिवारलाई १६ लाख क्षतिपूर्ति

करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका-३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका-३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ। ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो। बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो।

विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन्। पीडितले  २५ लाख क्षतिपूर्तिको माग गरेका थिए। 

चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए। स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो। उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ। समितिले किरिया खर्चबापत एक लाख आइतबार उपलब्ध गराउने र बाँकी १५ लाख पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ। 

करेन्ट लागेर सोही ठाउँका अन्य दुई  जना घाइते भएका थिए। घाइतेको पनि उपचार खर्च समितिले बेहोर्ने भएको छ। विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखीकन विद्युत् प्रवाह गर्दा घटना भएको पीडित परिवारको आरोप छ।

प्रकाशित: Nov 13, 2021| 12:34 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।