काठमाडौ- जुम्लामा आमरण अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई जिल्ला कभर्ड हलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सार्ने निर्णय गरिएको छ ।
यो निर्णयसँगै डा. केसीको मागमा सरकार एक कदम पछाडि हटेको छ ।
गत शनिबारदेखि जुम्लाको जीर्ण कभर्ड हलमा आमरण अनसनरत केसीलाई जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानमा सार्ने अनुमति दिएको हो ।
डा. केसीको स्वास्थ्य कमजोर हुँदै गएको र जीर्ण कभर्ड हलमा उपचार गर्न कठिन भएको बताउँदै चिकित्सक टोली नै फिर्ता भएपछि प्रशासनलाई दबाब बढेको थियो ।
केसीलाई प्रतिष्ठानमा सारिनुलाई सरकार एक कदम पछाडिको रूपमा अान्दोलनरत पक्षले लिएको छ।
चिकित्सा विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसन बस्न लागेका केसीलाई निषेधित क्षेत्रमा अनशसन बस्न नमिल्ने जनाउँदैै जिल्ला प्रशासनले त्यहाँबाट हटाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४