बुधबार, भदौ ३, २०८३

लागूऔषधसहित काठमाडौंबाट नौ जना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार नौ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार नौ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेहरूमा दाङ राप्ती नगरपालिका-१ ठेगाना भएका २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका-४ ठेगाना भएका २३ वर्षीय सागर शाही, बर्दिया गरुवा गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय विनोद नाथ योगी रहेका छन्।

यस्तै काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सिन्धुपाल्चोक वलेफी गाउँपालिका-४ का ३२ वर्षीय गौतम केसी, काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१० पाथिभर टोल डेरा गरी बस्ने मोरङ पथरी नगरपालिका-१ का २५ वर्षीय मिजम तामाङ, काभ्रे धुलिखेल नगरपालिका-२ ठेगाना भएका ३८ वर्षीय सुशील श्रेष्ठ, भोजपुर टेम्केमयुङ गाउँपालिका-९ मजुवा ठेगाना भएका २६ वर्षीय मिडे शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

काठमाडौं महानगरपालिका-१० शान्तिनगर डेरा गरी बस्ने बर्दिया गेरुवा गाउँपालिका-५ ठेगाना भएका ३० वर्षीय दिपु भन्ने रणदिप थापा र सोही गाउँपालिका-२ ठेगाना भएका २६ वर्षीय शिरीष खत्रीलाई पनि अवैध लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई विभिन्न स्थानबाट विभिन्न परिमाणमा लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका सबैमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

प्रकाशित: Nov 13, 2021| 08:18 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।