मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस संसदीय दलको बैठक : सरकारलाई प्रहार गर्ने पाँच एजेन्डा यस्ता छन्

कांग्रेस संसदीय दलको बैठक : सरकारलाई प्रहार गर्ने पाँच एजेन्डा यस्ता छन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । बिहान साढे १० बजेबाट सुरु भएको बैठक कम्युनिस्ट सरकारलाई प्रहार गर्ने पाँच एजेन्डामाथि  केन्द्रित छ।  

बैठकमा अनसनरत गंगामायाको जीवन रक्षा, डा. गेविन्द केसीको माग सम्बोधन, मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारलाई कसरी दवाव दिने भन्ने बारे छलफल भइरहेको सांसद प्रकाश रसाइलीले जानकारी दिए । निषेधाज्ञा जारी गरेर सरकारले नागरिक अधिकार खोस्‍न खोजेको विषय पनि बैठकमा महत्वका साथ उठेको छ। 

न्यायका लागि असनमा बस्ने नागरिकको माग सम्बोधन गरेर लोकतान्त्रिक चरित्र देखाउन कांग्रेसले सरकारलाई दवाव दिदै आएको छ ।सांसद रसाइलीका अनुसार सभामुख र उपसभामुख मध्ये एउटा पद छाड्न सत्तासिन दललाई दवाव दिने विषयमा पनि छलफल भइरहेको छ । कांग्रेसले दुईमध्ये एक पद छाड्नु पर्ने भन्दै यसअघि पनि संसद्मा आवाज उठाउँदै आएको छ ।

यसैगरि आजको बैठकमा संवैधानिक अंगहरु खाली रहेको भन्दै तत्काल पदपूर्ति गर्नका लागि सरकारलाई दवाव दिने बारेमा पनि छलफल भइरहेको छ । संसदीय सुनवाईलगायतका समिति बन्न नसक्दा संवैधानिक अंगहरुमा पदपूर्ति हुन सकेको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।