बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समस्याको दीर्घकालीन समाधान हुने गरी गुठीसम्बन्धी कानुन बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

समस्याको दीर्घकालीन समाधान हुने गरी गुठीसम्बन्धी कानुन बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग सम्बन्धित सरोकारवालाहरुसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन्। सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजाने उनको भनाइ छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालीन समाधान हुने गरी कानुन बनाउने प्रतिबद्धता जनाएकी छन्। 

मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग सम्बन्धित सरोकारवालाहरुसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएकी हुन्। सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजाने उनको भनाइ छ। 

छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, ‍सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले गुठीलाई पछिसम्म नकारात्मक असर नपर्ने गरी समाधान गर्नु पर्ने सुझाव दिए।

मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरुसँग यसअघि छलफल गरेकी थिइन्। 

प्रकाशित: Nov 12, 2021| 22:14 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।