शनिबार, जेठ ५, २०८१

देउवाले 'पौडेल कार्ड' झिकेपछि कांग्रेसभित्र तरंग

‘अब उहाँ सभापतिमा लड्ने पक्का भएको छ। पार्टी सुदृढीकरणका लागि गोलबद्ध हुन चाहनेहरुसँग सहकार्य हुन्छ। तर, सभापति छोडेर सहकार्य कसैसँग हुँदैन,’ सिंह निकट मानिने एक नेताले भने।
 |  शुक्रबार, कात्तिक २६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति रोचक बनेको छ। खासगरी सत्तारुढ गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिक संयन्त्रको संयोजक बनाएपछि महाधिवेशनको मुखमा कांग्रेसको आन्तरिक राजनीति पेचिलो मात्रै बनेको छैन, संस्थापन इतर समूहको विवाद उत्कर्षमा पुगेको छ। कात्तिक २२ गते गठबन्धनले संयन्त्रको संयोजकको जिम्मेवारी पौडेललाई दिएको थियो। 

triton college

पौडेललाई राजनीतिक संयन्त्रको संयोजक बनाउने निर्णय गठबन्धनको थियो। तर, कांग्रेसभित्रको राजनीतिमा यसको गहिरो अर्थ छ। मंसीर २४ देखि २६ गतेसम्म कांग्रेसले १४औं महाधिवेशन गर्दैछ। महाधिवेशन आउन एक महिना मात्रै बाँकी रहँदा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धी पौडेललाई संयन्त्रको संयोजक बनाउनु आफैंमा अर्थपूर्ण मानिएको छ।  

१३औं महाधिवेशनमा पौडेललाई हराएर देउवा सभापति बनेका थिए। आगामी महाधिवेशन देउवा दाहोरिने तयारीमा छन् भने अघिल्लो महाधिवेशनमा लागेको हारको घाउमा मल्हम लगाउने तयारीमा पौडेल थिए। तर, संयन्त्रको संयोजकको नाममा देउवाले पौडेलको 'काँधमा राखेर पड्काएको राजनीतिक बारुद'को छर्रा संस्थापन इतर समूहमा लागेको छ। त्यसको असर अहिले देखिइरहेको छ। यसले पौडेलको १४औं महाधिवेशनबाट पार्टीको नेतृत्वकर्ताको हैसियतले सानेपामा 'इन्ट्री' गर्ने सपनामा धक्का लागेको विश्लेषण भइरहेका छन्। 

संयन्त्र गठनको विषयमै कांग्रेसमा चरम असन्तुष्टि छ। त्यसमाथि देउवाले पार्टी सञ्चालन गर्न नसकेको भनेर चरम आलोचना गर्दै आएका पौडेलले त्यसको नेतृत्व गर्दा संस्थापन इतर समूहमा फुटको स्थिति सिर्जना भइसकेको छ। पौडेललाई नेता मानेर इतर समूहमा आबद्ध नेताहरुले असन्तुष्टि पोखिरहेका छन्। ती मध्येका एक हुन्–पूर्वमहामन्त्री प्रकाशमान सिंह। उनीमाथि सिंहले लगाएको प्रमुख आरोप हो– उहाँ (पौडेल) शेरबहादुरको कार्यकर्ता बन्नुभयो। शेरबहादुरको कार्यकतालाई नेता मान्न सकिन्न।' 

महाधिवेशन आउन एक महिना मात्रै बाँकी रहँदा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धी पौडेललाई संयन्त्रको संयोजक बनाउनु आफैंमा अर्थपूर्ण मानिएको छ।  

यसको अर्थ हो, आगामी महाधिवेशनमा सिंह पौडेलको समूहमा हुने छैनन्। उनी आफ्नै बुँताले सभापतिमा लड्नेछन्। शुक्रबार पौडेल समूहले बोलाएको गुटको बैठकमा समेत सिंह नजाने भएका छन्। ‘मन्त्री बनाउने बेला सल्लाह नगर्ने, संयन्त्रको संयोजक बन्नका लागि कुनै सल्लाह गर्न नपर्ने, काठमाडौंमा वडा र पालिका तहको अधिवेशनमा 'हाम्रा मान्छे' हराउन सक्रिय बन्ने अनि मैले पौडेललाई नेता मानिरहन पर्ने?,’ सिंहको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो, ‘म अब पौडेलसँग छैन। अघि बढ्छु।’

corrent noodles
Metro Mart

सिंहको अडानले पौडेलको सभापति बन्ने सपनामा धक्का लाग्ने देखिएको छ। संस्थापन इतर समूहमा सक्रिय एक प्रभावशाली नेताका शब्दमा पौडेललाई संयन्त्रको संयोजकको जिम्मेवारी दिनु भनेको चतुर देउवाले खेलेको 'छट्टु' खेल हो। ‘उहाँले महाधिवेशनका बेलामा छट्टु खेल खेल्नुभयो। यसको असर हाम्रो समूहमा देखिएको छ। उहाँको यो खेलको अहिले नकारात्मक असर देखिएको छ। तर, यसका सकारात्मक असर पनि समयक्रममा देखिनेछ,’ ती नेताले भने।  

इतर समूहको खटपटले के असर पार्छ? 

त्यसो त संस्थापन इतर समूहबाट 'सभापतिको उम्मेदवार को हुने' भन्ने विषयमै नेताहरु विभाजित थिए। तर पनि उनीहरुले अन्तिममा साझा उम्मेदवार चयन हुने बताउँदै आएका थिए। पौडेल र सिंह बाहेक महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइराला इतर समूहबाट सभापतिका आकांक्षी हुन्। तर, मन्त्री छनौटबाट सुरु भएको असन्तुष्टि पौडेल संयन्त्रको संयोजक बनेपछि उत्कर्षमा पुग्यो। 

पौडेल समूहको भेला। फाइल तस्बिर

मन्त्री छनौट गर्दा सल्लाह नगरेकोमा सिंह आक्रोशित थिए। तर, उनले सार्वजनिक रुपमा असन्तुष्टि पोखिहालेका थिएनन्। तर, मन्त्रीकी आकांक्षी सुजाता कोइरालाले सार्वजनिक रुपमै आक्रोश पोखेकी थिइन्। यतिसम्म कि उनले वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग पार्टी चलाउने क्षमता नरहेको बताएकी थिइन्। सिंहले पछिल्लो समय देउवा र पौडेल दुवैबाट पार्टी नचल्ने बताउँदै आएका थिए।  

तर, संयन्त्रको संयोजक पौडेल बनेपछि इतर समूहमा खटपट देखिएको छ। पौडेल संयोजक बनेपछि देखिएको पहिलो र प्रमुख असर समूहलाई तितरबितर बनाएको छ। यो तितरबितरले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार हुने सम्भावनालाई करिब टारिदिएको छ भने समूह अदलीबदलीको सम्भावनालाई बढाइदिएको छ। 

‘अब उहाँ सभापतिमा लड्ने पक्का भएको छ। पार्टी सुदृढीकरणका लागि गोलबद्ध हुन चाहनेहरुसँग सहकार्य हुन्छ। तर, सभापति छोडेर सहकार्य कसैसँग हुँदैन,’ सिंह निकट मानिने एक नेताले भने।

सिंहले पौडेललाई नेता मान्न नसक्ने बताइसकेका छन्। ‘अब उहाँ सभापतिमा लड्ने पक्का भएको छ। पार्टी सुदृढीकरणका लागि गोलबद्ध हुन चाहनेहरुसँग सहकार्य हुन्छ। तर, सभापति छोडेर सहकार्य कसैसँग हुँदैन,’ सिंह निकट मानिने एक नेताले भने। नेता शेखर कोइराला पनि हरहालतमा सभापति लडेरै छाड्ने भन्दै तयारी गरिरहेका छन्। 

नेता गुरुराज घिमिरे भने सभापतिका आकांक्षीहरूबीच सहमतिको प्रयास जारी राखिने बताउँछन्। खासगरी दोस्रो पुस्ताका नेताहरूले सहमतिको प्रयास गर्ने सम्भावना टढ्कारो रहेको उनको भनाइ छ। ‘आकांक्षीहरुका बीचमा सहमतिको प्रयास गरिनेछ,’ उनी भन्छन्, ‘कसैका पक्ष/विपक्षमा भन्दा पनि हामी चाहिँ सुदृढ र बलियो कांग्रेस बनाउने सन्दर्भमा सँधै प्रयत्नशील छौं।’

'पौडेललाई धक्का लाग्न सक्छ, देउवालाई ब्याक फायर हुन सक्छ'

संस्थापन इतर समूहका एक नेताका अनुसार अहिले देखिएको खटपटले पौडेललाई धक्का लाग्ने नै छ। सँगै देउवालाई 'ब्याकफायर'को सम्भावना समेत उत्तिकै छ। आफू नेतृत्वको समूहले साथ छोड्दै जाँदा पौडेल सभापतिको उम्मेदवार नै नहुन सक्ने सम्भावना बढ्दै गएको विश्लेषण इतर समूहबाटै हुन थालेका छन्।

‘आफ्नो समूहका नेताहरुले साथ छोड्दै गएको अवस्थामा रामचन्द्र दाइ उम्मेदवार नहुने खतरा पनि उत्तिकै छ। प्रभावशालीले साथ छोडेपछि उम्मेदवारी मात्रै दिनुको अर्थ के रहला र? देउवाले सुरु गरेको खेलले उहाँलाई नै 'ब्याकफायर' पनि गर्न सक्छ,’ ती नेता भन्छन्, ‘विमलेन्द्रजी पनि सभापति लड्ने तयारीमा हुनुहुन्छ। दुई भन्दा बढी उम्मेदवार मैदानमा हुँदा चुनाव दोस्रो चरणमा धकेलिन्छ। दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई जनाका बीचमा प्रतिस्पर्धा हुने हो। दोस्रो चरणमा गइसकेपछि नयाँ समीकरण बन्छन्। यसको असर देउवालाई पनि पर्न सक्छ।’ 

१३औं महाधिवेशनबाट देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलका उपसभापति विमलेन्द्र निधि आफैं सभापतिमा लड्ने तयारीमा छन्। बिहीबार मात्रै देउवाले बोलाएको आफू निकट नेताहरुको बैठकमा निधि आफू सभापति लड्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए। तर, देउवाले १५औं महाधिवेशनमा सभापति उठ्न, तर अहिलेका लागि 'ब्याक' हुन गरेको आग्रह निधिले अस्वीकार गरेका थिए। 

‘यसले पौडेल र देउवा नजिक रहेको देखाउँछ। पौडेल पदमा पुग्न पर्खने नेता होइनन्, अघि आएको अवसर उनले छोड्दैनन्। अहिले पनि त्यही भएको हो,' पौडेलको राजनीतिक जीवनलाई नजिकबाट नियालेका एक नेता भन्छन्।

पार्टीमा पुस्तान्तरणको कुरा गर्दै आइरहेका युवा नेताहरुको विश्लेषण भने अलि फरक छ। उनीहरू भने पछिल्लो परिदृश्यले पार्टीमा नेतृत्व हस्तान्तरणको संकेत गरेको बताउँछन्। ‘अहिले जे भइरहेको छ। त्यसले नेतृत्व हस्तान्तरणको आशा जगाएको छ। चार जना वा त्योभन्दा बढी उम्मेदवार हुँदा देउवा र पौडेल शीर्ष दुई भित्र नपर्न सक्ने सम्भावना धेरै छ,’ पुस्तान्तरणको बहसलाई घनीभूत बनाउँदै आएका एक युवा नेता भन्छन्, ‘पहिलो पुस्ताका दुई नेतामध्ये एक जना मात्रै शीर्ष २ मा आएपनि दोस्रो पुस्ताका आकांक्षीहरुबीच सहमतिको सम्भावना धेरै रहन्छ।’ 

देउवा र पौडेलबीच सहकार्यको सम्भावना कति?

विश्लेषकहरुले संयन्त्र गठन र नेतृत्व चयनको परिस्थितिलाई मूल्यांकन गर्दा दुई नेताहरू निकट देखिएको बताइरहेका छन्। पार्टी संचालन र मुलुक संचालनमै देउवा असफल बनेको आरोप लगाउने गरेका पौडेल संविधान बर्खिलाप हुने गरी बनाइएको संयन्त्रको संयोजक पदमा किन लोभिए? पौडेलको राजनीतिक यात्रालाई नजिकबाट नियालेका एक नेता भन्छन्, ‘यसले पौडेल र देउवा नजिक रहेको देखाउँछ। पौडेल पदमा पुग्न पर्खने नेता होइनन्, अघि आएको अवसर उनले छोड्दैनन्। अहिले पनि त्यही भएको हो। २०५१ मा संसदीय दलको नेता बन्ने कि सभामुख खाने भन्ने विषयमा पनि पौडेलले पर्खिएनन्। अघि आएको सभामुख पद नै ताके। पौडेलको त्यही निर्णयले देउवा दलको नेता भए र प्रधानमन्त्री बने।’ 

पौडेलमा देखिएको पदलोलुपताले सहकार्य हुँदैहुँदैन भन्नु मुर्खता भएको अर्का एक नेता टिप्पणी गर्छन्।

देउवा र पौडेल कम्युनिस्ट पार्टीहरुसँग गठबन्धनमा विश्वास गर्ने र गठबन्धन कायम राख्ने विषयमा पनि एकै ठाँउ रहेको ती नेताको विश्लेषण छ। ‘कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धनमा विश्वास गर्ने र निर्वाचनसम्म कायम राख्ने विषयमा उहाँहरू एक ठाउँमा देखिनुभएको छ,’ उनले भने, ‘तर, आजको दिनमा चुनावी गठबन्धन कांग्रेसका लागि हितकर देखिँदैन। कार्यकर्ताले पनि यसलाई रुचाएको देखिँदैन। गठबन्धनको औचित्य पुष्टि गर्ने र कार्यकर्ताले माग्ने जवाफको उत्तर त उहाँहरुले दिनु नै पर्नेछ।’ 

इतर समूहका नेताहरुलाई यही प्रश्न गर्दा उनीहरुको जवाफ छ, देउवा र पौडेल मिल्ने सम्भावना न्यून छ। ‘हिजोसम्म रामचन्द्र दाइले शेरबहादुर दाइलाई जे आरोप लगाउने भयो, जे भन्नुभयो। त्यसले पनि उहाँहरु एक ठाउँमा हुने सम्भावना कम छ,’ संस्थापन समूहका नेताहरु भन्छन्, ‘भोलि शेरबहादुर दाइसँगको सहकार्यको औचित्य र आवश्यकताका विषयमा प्रश्न उठ्छ। त्यो बेला रामचन्द्र दाइले के जवाफ दिनुहोला? जवाफ त उहाँसँग छ नि।’

पौडेलमा देखिएको पदलोलुपताले सहकार्य हुँदैहुँदैन भन्नु मुर्खता भएको अर्का एक नेता टिप्पणी गर्छन्। ‘शेरबहादुर दाइले सभापतिका रूपमा रामचन्द्र दाइलाई अघि सार्ने सम्भावना देखिँदैन। तर, अन्य कुनै पदको लोभ देखाउनुभयो भने चाहिँ भन्न सकिँदैन,’ उनी भन्छन्, ‘रामचन्द्र दाइ बाहिर एक बोल्नुहुन्छ, तर व्यवहार अर्को हुन्छ। भोलि शेरबहादुर दाइसँग परिस्थितिजन्य बाध्यताका कारण सहकार्य गर्नुपर्‍यो भन्ने अवस्थामा आउन सक्छ।’

प्रकाशित: Nov 12, 2021| 16:19 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...