आइतबार, असोज २५, २०८३

मीन भामको 'चिसो वर्ष'ले फेरि जित्यो ताइपेई फिल्म फन्ड

निर्देशक मीनबहादुर भामले निर्माण गर्न लागेको 'फिल्म अ इयर अफ कोल्ड' (चिसो वर्ष) ले ताइवानको प्रतिष्ठित संस्था ताइपेई फिल्म कमिसनबाट २.५ मिलियन डलर (करिब २९ करोड ८८ लाख ५२ हजार रुपैयाँ)को फन्ड प्राप्त गर्ने भएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- निर्देशक मीनबहादुर भामले निर्माण गर्न लागेको 'फिल्म अ इयर अफ कोल्ड' (चिसो वर्ष) ले ताइवानको प्रतिष्ठित संस्था ताइपेई फिल्म कमिसनबाट २.५ मिलियन डलर (करिब २९ करोड ८८ लाख ५२ हजार रुपैयाँ)को फन्ड प्राप्त गर्ने भएको छ। अक्टोबर २५ मा अ इयर अफ कोल्डलाई उक्त फन्ड प्रदान गरिने घोषणा कमिसनले गरेको हो। 

यसअघि पनि उक्त चलचित्रको स्क्रिप्टका लागि मीन भामले १ सय १४ वटा आवेदनलाई पछि पार्दै १० हजार अमेरिकी डलरको 'एसियन सिनेमा फन्ड'का लागि छानिएका थिए। 

यस्तै 'चिसो वर्ष'ले यसअघि स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरो (करिब ८ लाख २१ हजार रुपैयाँ) जितेको थियो। 

सामाजिक विषयवस्तुमा आधारित फिल्म 'चिसो वर्ष' निर्माणको काम चाँडै सकिने निर्देशक भामले बताएका छन्।  यो फिल्मले एक तिब्बती महिला (पेमा)ले श्रीमान खोजिका लागि गर्ने संघर्षको कथा बन्छ।

चिसो वर्षको कथामा आफ्ना हराएका श्रीमान् खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन्। अन्ततः यात्राकै क्रममा उनीहरूको जीवन बदलिन्छ। 

नेपालको हिमाली जनजीवनको सूक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन्। यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध सांस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ।

'चिसो वर्ष' २०७४ सालमा घोषणा भएको थियो। मीन बहादुर भामले निर्देशन गरेको फिल्म 'कालो पोथी'ले यसअघि कयौँ अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।

प्रकाशित: Nov 12, 2021| 14:37 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।