मंगलबार, असार ३०, २०८३

कैलाली र अछाममा डुबेर तीन बालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलाली र अछाममा गरी पानीमा डुबेर तीन बालकको ज्यान गएको छ । कैलालीमा दुई र अछाममा एक बालकको पानीमा डुबेर ज्यान गएको हो । 

कैलालीको गौरीगंगा नगरपालिका बडा नम्बर ११ शिबपुरमा मंगलबार साँझ खोलामा डुबेर दुई बालकको ज्यान गएको छ । 

स्थानीय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क भुलका आठ बर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ बर्षका छोरा अमन चौधरीको करिव साढे ५ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय मसुरीयाले जानकारी दिएको छ ।

बाढीका कारण नदिमा पानीको सतह बढेकोले पौडिन नसकेर उनीहरुको ज्यान गएको स्थानीय ध्वजबहादुर खातीले जानकारी दिए । बालक डुबेको खबर सुनेपछि ध्वजसहित नदिमा गएका सुरेश बोगटी, सुमन रावल र विरेन्द्र कुँवरले करिब एक घण्टा पछि शव निकालेका थिए ।

नदिमा पानी धमिलो हुँनुका साथै सतह बढेकोले शव निकाल्न निकै कठिनाई भएको खातीले जानकारी दिए । दुबै बालक कालिका आधारभुत विद्यालय शिवपुरमा अध्ययनरत छन् । दुवै बालकको शब पोस्टमार्टमको लागि सेती अंचल अस्पताल धनगढी पु¥याईएको छ । 

यस्तै अछामको रामारोशन गाँउपालिका–७ सुतारमा सोमबार बेलुकी एक बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार लालबहादुर भण्डारीकी सात बर्षीया छोरी बिनिता भण्डारीको पोखरीमा डुबेर ज्यान गएको हो । रामारोशनमा एक बर्षको अवधिमा पाँच जना बालबालिकाको पानीमा डुबेर ज्यान गइसहेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।