सोमबार, फागुन २५, २०८२

मानवीय सहायताका काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो। इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका कम्तीमा पनि ७० वटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरूले नै नियन्त्रणमा लिएको जनाएको थियो।

National life

ती ट्रकहरू र ट्रक चालक तथा अन्य कर्मचारीहरूलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ताले माग गरेका छन्। उनले बिहीबार विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरूलाई तत्कालै रिहा गर्न माग गरेका हुन्। 

इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरूका लागि आवश्यक खाद्यान्न र औषधि सहयोग स्वरुप त्यहाँ पठाइएको थियो।

तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार एक विज्ञप्तिमार्फत् भनेका छन्, ‘यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारी साधनहरु नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त रिहा गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनु पर्छ।’

Laxmi sunrise bank
kumari

उनले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिए। उनीहरूको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन्।

इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ। जसका कारण लाखौँ मानिस खाद्यान्नलगायतको मानवीय सहायताको अभाव रहेको छ। त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो।  -सिन्ह्वा

प्रकाशित: Nov 12, 2021| 13:55 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।