बुधबार, भदौ ३, २०८३

फरार चार प्रतिवादी पक्राउ

विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

तनहुँ- विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन्। 

लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। गुरुङ चार वर्षपछि पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

लागुऔषध मुद्दामै फरार आँबुखैरेनी गाउँपालिका–२ सत्रसयकै २६ वर्षीय विजय अधिकारी पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते दश दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो। अधिकारी पनि चार वर्षपछि पक्राउ परेका हुन्। 

यस्तै कर्तव्य ज्यान तथा गाली बेइज्जति मुद्दाका दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ। 

प्रकाशित: Nov 12, 2021| 12:42 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।