आइतबार, चैत १५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • वडाध्यक्षको 'ज्यादती' : फेसबुकमा गाली गरेको भन्दै नागरिकलाई सेवाबाटै बञ्चित

वडाध्यक्षको 'ज्यादती' : फेसबुकमा गाली गरेको भन्दै नागरिकलाई सेवाबाटै बञ्चित

सल्यानको एक वडाध्यक्षले फेसबुकमा गालीगलौज गर्ने युवालाई वडाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरेका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

देव राना

देव राना

शनिबार, कात्तिक २७, २०७८

सुर्खेत- सल्यानको एक वडाध्यक्षले फेसबुकमा गालीगलौज गरेको भन्दै नागरिकलाई वडाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरेका छन्। बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले सोही वडाका स्थानीय दिलबहादुर केसीलाई सेवा सुविधाबाट वञ्चित गरेका हुन्।

National life

वडाध्यक्ष पुनले प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई फेसबुकमा छोटो राजा भनेको र अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै केसीले गल्ती नसच्याएसम्म वडाबाट दिइने सेवा सुविधाबाट वञ्चित गरिएको जनाएका छन्।

‘वडाध्यक्ष र वडा सदस्य जनप्रतिनिधि समेतलाई छोटे राजाको दमनको संग्या दिई सामाजिक सञ्जाल फेसबुममा चरित्रहत्या गर्ने, अनावश्यक शब्द प्रयोग गरि आरोपहरु लगाई भ्रमित पार्ने काम गरेकोले बागचौर नगरपालिकाका वडा नं. ४ सिमाखोली निवासी दिलबहादुर केसीलाई कमजोरी नसच्याएसम्म यस वडा कार्यालयको तर्फबाट दिइने सम्पूर्ण सेवामा वञ्चितसँगै वडा कार्यालय परिवार यस्तो अराजक तत्वबाट भ्रममा नपर्ने सम्पूर्ण जनसमुदाय, वडावासीप्रति अनुरोध गरिन्छ,’ वडाध्यक्ष पुनले जारी गरेको प्रेम विज्ञप्तिमा भनिएको छ।’

स्थानीय केसीले फेसबुकमा तीन दिनअघि कात्तिक २३ गते ‘बागचौर नगरपालिका वडा नं. ४ का छोटे राजाहरको दम’ भनेर स्टाटस लेखेका छन्। २४ गते वडा सदस्य तुल्सिराम घर्ती (जनक)ले केही वर्ष विदेश पठाउँछु भन्दै मोटो रकम असुल्ने र मानव बेचविखनमा संलग्न रहेको भन्दै अडियो टेप सार्वजनिक गर्ने भन्दै स्टाटस लेखका छन्। वडा सदस्य घर्तीले पैसाको बार्गेनिङका लागि विवाह भएको सात महिनापछि एक स्थानीय युवतीलाई बलात्कारको मुद्दा हाल्न लगाएको भनेर समेत उल्लेख गरेका छन्।

वडाध्यक्ष पुनले भने ती युवाले फेसबुकमा आफूहरूलाई निरन्तर गालीगलौज गर्न थालेपछि सेवासुविधाबाट बन्चित गरेको बताए। ‘त्यो केटोले जथाभाबी गर्न थाल्यो, नभएका आरोपहरू लगायर हाम्रो चरित्र हत्या गर्न थाल्यो,’ वडाध्यक्ष पुनले नेपाल समयसँग टेलिफोनमा भने, ‘अब गल्ती नसच्चयाएसम्म वडाले सेवा सुविधा दिन सक्दैन।’ 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 13, 2021| 13:15 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।