मंगलबार, असार ३०, २०८३

अर्जेन्टिनाको प्रशिक्षकमा फेरि म्यारोडना आउने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ब्युनस आयर्स- डिएगो म्याराडोनाले जारी विश्वकको प्रि–क्वार्टरफाइनलबाटै घर फर्किएको अर्जेन्टिनालाई समाल्ने इच्छा देखाएका छन् ।

उनले एक टेलिभिजनलाई अन्तरवार्ता दिनेक्रममा विना पारिश्रमिक टिमलाई नेतृत्व दिने इच्छा रहेको बताएका हुन् ।  टेलिभिजन कार्यक्रम ‘ह्यान्ड अफ गड’ मा बोल्दै ५७ वर्षे म्याराडोनाले राष्ट्रिय टोलीको वर्तमान स्थिति देखेर पीडा भएको बताएका थिए ।

‘म राष्ट्रिय टोलीलाई पुनः नेतृत्व दिन चाहन्छु । त्यो पनि बिनापारिश्रमिक। पुनरागमनमा मेरो कुनै माग हुनेछैन,’ टेलेसुर टेलिभिजनको एक कार्यक्रममा म्याराडोनाले भनेका छन् । म्यारोडोना यसअघि सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको प्रशिक्षकको रुपमा भूमिका निभाएका थिए । 

म्याराडोनाले बिनापारिश्रमिक पुनः अर्जेन्टिनाको प्रशिक्षक बन्ने इच्छा देखाएपछि हालका प्रशिक्षक जर्ज साम्पोलीमाथि दबाब बढेको छ । शनिबार फ्रान्सविरुद्ध ४–३ ले पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पोली चर्को दबाबमा छन् । 

दवाव झेले पनि साम्पोली अहिल्यै पद छाड्ने मनस्थितिमा देखिएका छैनन् । साम्पोलीको सम्झौता सकिन अझै चार वर्ष बाँकी छ । त्यसैले अर्जे्न्टिना फुटबल संघले उनलाई बर्खास्त गर्न १ करोड ५० लाख अमेरिकी डलर तिर्नुपर्छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।