बुधबार, भदौ ३, २०८३

लागूऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ बाट लागूऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याब्लेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि जाँच गर्ने क्रममा लागूऔषधसहित महरालाई पक्राउ गरिएको जनाएको छ।

यसै गरी प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका-१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई लागूऔषध नाइट्रोभेट ७५ ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ। 

प्रकाशित: Nov 12, 2021| 10:22 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।