काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई सर्वोच्चको गेटमै रोक्न धर्ना दिँदै छ। बारका महासचिव लीलामणि पौडेलले भने, ‘शुक्रबार १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जबरालाई छिर्न नदिन हामी धर्ना दिँदैछौं।’
शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा प्रशासनले बल प्रयोग गरेको विरोधमा जबरालाई अदालत प्रवेशमा रोक लगाउन लागिएको उनले बताए। बारले शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलाससमेत बहिष्कार गर्ने भएको छ।
प्रधानन्यायाधीश जबराको विरोधमा कानुन व्यवसायीले विरोध प्रदर्शन जारी राखेपछि सर्वोच्च अदालत आसपास क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।