काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना खोलेको छ । आयोगले स्थातक तहको विद्यार्थी भर्ना र कक्षा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले सोही कार्यतालिका अनुसार व्यवस्था मिलाउन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई भनेको छ। सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना शुक्रबारबाट खुलेको छ।
पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ। आयोगले मंसिर १९ गतेबाट कक्षा सुरु गर्ने जनाएको छ।