बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन

मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन हटाउन विज्ञापन बोर्डको निर्देशन

विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।

कानुन विपरित कतिपय सञ्चार माध्यमले चाडबाडको समयमा मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन गरेको भन्दै विज्ञापन बोर्डले आपत्ती जनाएको हो।

जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन एने २०७६ विपरीत मदिरा तथा सूतिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन बोर्डको निर्देशन छ। मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन रहेका होडिङ बोर्ड समेत तत्काल हटाउन निर्देशन दिइएको छ।

बोर्डका प्रशासकीय अधिकृत दिलिपकुमार महर्जनले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विज्ञापन र होर्डिङ नहटाए कारबाही गर्ने चेतावनी दिएका छन्। 

जनस्वास्थ्य सेवा एनेले मदिरा, चुरोट, सूर्ती तथा सूर्तिजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने उल्लेख गरिएको छ। विज्ञापन ऐनमा पनि प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने उल्लेख छ।


प्रकाशित: Nov 12, 2021| 08:27 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।