बुधबार, भदौ ३, २०८३

रेडियो नेपालमा स्थायी जागिर खुल्यो

रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो। 

रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरिएको छ। जसअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ। 

त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली),  संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरेको छ। १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।

प्रकाशित: Nov 12, 2021| 07:41 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।