मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंहदरबारमै असारे विकास, मुग्लिन सडकमा ठूलो हेलचेक्राइ

सिंहदरबारमै असारे विकास, मुग्लिन सडकमा ठूलो हेलचेक्राइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

केहिले अनसनरत डा गोविन्द केसीको उपचारमा प्रशासन बाधक बनेको विषयलाई प्राथमिकतामा पारेका छन् भने केहिले सिंहदरबारमै असारे विकास भएको प्रसंगलाई मुख्य समाचार बनाएका छन् । 

नारायणगढ–मुग्लिन सडक भौगर्भिक अध्ययनै नगरी स्तरोन्नति गरेको आजका कान्तिपुर दैनिकले खुलासा गरेको छ । प्रकाशित समाचार अनुसार स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्यया नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरुले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसंगै पहिरोको जोखिम बढेको हो । यसलाई ठूलो हेलचेक्राइँका रुपमा लिइएको छ । 

कान्तिपुरले कर्णाली राजमार्ग अवरुद्ध हुँदा तीन दिनदेखि यात्रु बाटोमै अलपत्र परेको र संसद्ले दाताको सहयोग नलिने घोषणा गरेको विषयलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

आजको नयाँ पत्रिकाले जुम्लामा अनसनरत डा. गोविन्द केसीको उपचारमा प्रशासनले असहयोग गरेको र सिंहदरबारमै असारे विकास भइरहेको विषयलाई मुख्य प्राथमिकतामा पारेको छ । उसले आँगनमा विकास गर्न असार पर्खने सिंहदरबारले दूरदराजको उन्नति कहिले गर्ने भनेर पनि प्रश्न गरेको छ ।  

बालुवा खानीमा नेताकै लगानी लगेको विषयलाई खुलासा गरेको आजको अन्नपूर्ण पोस्टले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने विषयमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलकै भूमिका शंकास्पद् बनेको खबर छापेको छ । उसले नेपाललाई जलमार्गबाट जोड्ने भनि भारतसंग भएको सम्झौता कार्यान्व्यनको चरणमा रहेको विषयलाई पनि पहिलो पृष्ठमा छापेको छ ।
 
नागरिक दैनिकले भने प्रदेश २ को प्रहरी ऐनमा नेपाल प्रहरीले आपत्ति जनाएको र डा. गोविन्द केसीको उपचारमा प्रशासन बाधक बनेको विषलाई मुख्य प्राथमिकतामा पारेको छ । समाचार अनुसार डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनसनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।