बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'आईसीआरसीको निर्देशक हुँ' भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

'आईसीआरसीको निर्देशक हुँ' भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

'रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक हुँ' भनी विभिन्न प्रलोभन देखाएर ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- 'रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आईसीआरसी)को निर्देशक हुँ' भनी विभिन्न प्रलोभन देखाएर ठगी गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत तामिलनाडुको काडमबक्कमस्थित चेन्नाई घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम् विरुमुथु चेटियार छन्। महानगरीय अपराध महाशाखाले मंगलबार उनलाई पक्राउ गरेको हो। 

आफू मेडिकल व्यवसायीसमेत भएको र नेपालस्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयरधनीहरूसँग चिनजान भएकोलगायतका झुटा विवरण तयार गरी त्यसमा विश्वस्त पारी चेटियारले ठगी गर्दै आएको महाशाखाले प्राप्त गरेको उजुरीमा उल्लेख छ। उनले विभिन्न व्यक्तिहरूको स्वामित्वमा रहेको जमिनको लालपूर्जासमेत नियन्त्रणमा लिई ठगी गरेको समेत आरोप लागेको छ। विभिन्न वित्तीय संस्थामा ठूलो मात्रामा आफ्नो नाममा सेयर गरेको नक्कली कागजात समेत बनाउने गरेको बताइएको छ। 

पक्राउ परेका शिवम् यसअघि पनि ठगी मुद्दामा जेल परी रिहा भएका व्यक्ति हुन्। २०७२ जेठ २२ गते वैदेशिक रोजगारीसम्बन्धी कुसुरमा पक्राउ परेका उनी २ वर्ष कैद सजाय र ३ लाख ५० हजार जरिवाना भुक्तानी गरी रिहा भएका थिए। उनको साथबाट प्रहरीले  रेडक्रससँग सम्बन्धित र ठगीमा प्रयोगभएका विभिन्न कागजातसमेत बरामद गरेको छ। 

प्रारम्भिक अनुसन्धानबाट उनले विभिन्न व्यक्तिबाट ५० लाख ठगी गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि उनीमाथि अनुसन्धान पूरा नभएकाले थप रकम समेत ठगी गरेको हुनसक्ने महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

उनीमाथि थप अनुसन्धान आवश्यक भएकाले महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको छ। 


प्रकाशित: Nov 11, 2021| 18:50 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।