बुटवल– नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बिहीबार बुटवलमा चक्काजाम गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विद्यार्थीले बुटवलमा चक्काजाम गरेर विरोध गरेको हुन्।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको बताए। मूल्यवृद्धिद्धिले सबैभन्दा बढी मार विद्यार्थीलाई परेको उनले बताए। अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्ने भएको छ।