काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदच्यूत गर्नुपर्ने बताएका छन्। सर्वोच्च अदालत परिसरमा बिहीबार आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै श्रेष्ठले न्यायालय भ्रष्टाचारमा व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाउँदै उनलाई तत्काल पदच्यूत गर्नुपर्ने बताएका हुन्।
उनले यसअघि राजीनामा मा गर्दै आए पनि अब पदच्युत गर्नैपर्ने बताए। श्रेष्ठले भने, ‘सर्वोच्च अदालतमा देखिएको भ्रष्टाचार, विसंगति र विकृतिको नेतृत्व प्रधानन्यायाधीश जबराले नै गरेका हुन्। त्यसैले हामीले यसअघि राजीनामा देऊ भन्दै आएका थियौं। अब पदच्यूत गरौं।’