बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।  संघका महामन्त्री बलदेव तिमल्सिनाले उपभोक्तालाई पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति भर्त्सना गरेका छन्।

उनले भने, ‘मूल्यवद्धि जनविरोधी कार्य हो। अत्यावश्यकीय उपभोग्य वस्तुमाथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु।’ 

सरकारले बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य १३६ रुपैयाँ प्रतिलिटर, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ कायम गरेको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ बनाइएको छ।

प्रकाशित: Nov 11, 2021| 13:12 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।