काठमाडौं– नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठी प्रहार गरेपछि बारले यस्तो निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।
उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको छ। हामीले अब भोलि सर्वोच्चका सबै इजलास बहिष्कार गर्ने भएका छौं।’ प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको थियो।
झडपमा प्रहरीको लाठी प्रहारबाट बार महासचिव पौडेलसहित पाँच जना घाइते भएका छन्।