बुधबार, भदौ ३, २०८३

मोरङ कारागारमा एक कैदीको शंकास्पद मृत्यु

चोकीदार कामतको निर्देशनमा थापालाई दुईदिनदेखि यातना दिइएको श्रोतको दावी छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

विराटनगर- मोरङ कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ।  जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरी इटहरीका करिव ३२ वर्षीय नारायण थापाको मृत्यु भएको हो। 

कारागार प्रशासनले कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको दुई दिनपछि थापाको मृत्यु भएको हो।

थापाको मृत्यु शंकास्पद भएको  स्रोतको दावी छ। 

जिल्ला कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले थापाले जबरजस्ती करणी मुद्दामा छ वर्ष कैद भुक्तान गरिसकेको बताए। उनका अनुसार थापाको स्वास्थ्यमा यसअघि कुनै समस्या आएको थिएन। राति एक्कासि पेट दुख्ने र सास फेर्न गाह्रो भएको बताएपछि कोसी अस्पताल लगिएको पोखरेलले बताए।

अस्पतालका चिकित्सकले अस्पताल पुगेलगत्तै थापालाई मृत घोषित गरेका थिए। चोकीदार कामतको निर्देशनमा थापालाई दुईदिनदेखि यातना दिइएको श्रोतको दावी छ।

प्रकाशित: Nov 11, 2021| 12:01 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।