बुधबार, भदौ ३, २०८३

प्रविधिले कृषकलाई सहज बनाउँदै

रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

पाल्पा- रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन्। धान झाँट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि 'थ्रेसर मेसिन'बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनले बताए।

उनले भने, ‘एक घण्टाका समयमा थ्रेसर मेसिनबाट करिब ५० मुरी धान झाँट्ने र दाही हाल्ने काम एकै पटकमा भयो, कम लागत र छोटो समयमा खेती स्याहार्ने नयाँ प्रविधि गाउँमा आएपछि कृषकलाई धेरै राहत भएको छ।’ उनले एक घण्टाको तीन हजार ५०० शुल्क तिरेर धान स्याहार्ने गरेका छन्।

कामदार खटाएर धान स्याहार्नु पर्दा समय र लागत पनि धेरै लाग्ने हुँदा थ्रेसर मेसिनबाट नै फाइदा हुने उनले बताए। ‘थ्रेसरबाट धान स्याहार्न थालेपछि बस्तुभाउमा पनि जुकामाटे रोग कम देखा परेको छ, परालको पानीको सतहमा डुबेको भागमा जुकाका फूल बस्ने हुँदा गाईभैँसीमा जुकामाटेको रोग देखा पर्ने हुन्थ्यो, थ्रेसर लगाएपछि यस्तो समस्या कम भएको छ’, उनले भने। धान छिटो झर्ने, कम लागतमा धेरै काम हुने, कामदारको अभावमा सहज हुने हुँदा पनि पछिल्लो समय कृषकले प्रविधिको प्रयोग गरेर खेती लगाउने र स्याहार्ने गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताए।

उनका अनुसार नगरपालिकाले कृषकको मागअनुसार र विभिन्न पकेट तथा ब्लक कार्यक्रममा थ्रेसर मेसिन विभिन्न पनि सहयोग गरेको छ। ‘गाउँ गाउँमा धान झाँट्ने यन्त्रको प्रयोग बढ्दो छ, कृषक पनि परम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक प्रणालीतर्फ अगाडि बढ्दै गएका छन्, यसले गर्दा पनि कृषक नयाँ नयाँ कृषि यन्त्रको प्रयोगमा अग्रसर हुँदै गएका छन्’, उने भने।

हालसम्म करिब १५ थ्रेसर मेसिन प्रयोगमा आएका छन्। दुई दिनसम्म लाग्ने काम एक घण्टामा सकिने भएपछि धान झाट्न कामदार लगाउनै छाडिएको बलबहादुर राना बताउछन्। ‘एक जना कामदारलाई धान झाँट्न दिउँसोको काम लगाउँदा एक हजार ज्याला दिनुपर्छ, समय पनि धेरै लाग्ने, खर्च पनि धेरै हुँदो रहेछ, हिजोआज थ्रेसर मेसिन ले दुई तीन दिन लाग्ने काम एक घण्टामै सिध्याउँछ’ उनले भने। भनेको समयमा धान झाट्ने कामदार नपाउँदा पनि कृषकले निकै सास्ती खेप्नुपर्थ्यो। मेसिनप्रति कृषकको आकर्षण निकै रहेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मी बताउछन्।

जिल्लाका विभिन्न गाउँ गाउँमा थ्रेसरको प्रयोग हुन थालेपछि कृषकको आकर्षण बढ्दै गएको छ। कम लागत र मेहनतमा छिटो र छरितो धान स्याहार्न पाइने भएपछि यहाँका कृषक थ्रेसरमा आकर्षित भएका हुन्। जिल्लाको रामपुर, खानीछाँप, यम्घा, कसेनी, सिद्धेश्वर, खस्यौली, बौघापोखराथोक, रम्भा, अर्गली, दोभान, भुवनपोखरी, चिर्तुङ्गधारा, सत्यवती, माडीफाँटलगायतका स्थानमा थ्रेसर पुगेसँगै कृषकलाई धान स्याहार्न सजिलो भएको छ। जिल्लामा बढ्दो यान्त्रीकरणको विकास र प्रयोग हुँदै जाँदा भने काम गरेर खाने श्रमिक, मजदुर विस्थापित हुन पुगेका छन्।

पछिल्ला वर्षामा ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक तथा मजदुरको आम्दानीको स्रोत नै गुम्दै गएको जनाइएको छ। परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्र्याक्टर, पावर टिलर, बीउ रोप्ने तथा धान काट्ने यन्त्र, गहुँ ठटाउने, धान झाट्ने यन्त्रको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन्। -रासस


प्रकाशित: Nov 11, 2021| 10:57 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।