काठमाडौं- तालिबानद्वारा नियुक्त अफगानिस्तानका विदेश मामिला प्रमुख तथा कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्तकी बुधबार पाकिस्तान प्रदान गरेका छन्। पाकिस्तान भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा अन्य मामिलामा चर्चा हुने बताइएको छ।
तालिबान विदेशमा आफ्नो सम्पत्तिमा लागेको प्रतिबन्ध हटाउने तथा वैश्विक मान्यता पाउन चाहन्छ। जसले गर्दा देशमा आर्थिक संकट रोक्न सकियोस् भन्ने तालिबानको चाहना रहेको छ।
मुत्तकी इस्लामाबादमा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन्। जसमा पाक-अफगानिस्तान सम्बन्धमा विशेष ध्यान दिइने छ। पाकिस्तानस्थित विदेश मन्त्रालयले मुत्तकीको यस भ्रमणका क्रममा व्यापार वृद्धि, व्यापार पारगमन र सीमामा चलिरहेको अस्थिरतालगायत मुद्दामा छलफल हुने जनाएको छ।
पाकिस्तानले तालिबानलाई सत्तामा आउँदा औपचारिक रूपमा मान्यता भने दिएको छैन। तर पनि उसले तालिबान अधिकारीहरूसँग छलफल थालेको छ।