सोमबार, फागुन २५, २०८२

ब्रिटेनको घरपालुवा कुकुरमा कोरोना पुष्टि

ब्रिटेनमा एक घरपालुवा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- ब्रिटेनमा एक घरपालुवा कुकुरमा कोरोना संक्रमण पुष्टि भएको छ। यसको पुष्टि युकेको मुख्य पशु चिकित्सा अधिकारीले गरेका छन्। यसभन्दा पहिले विश्वका थुप्रै देशमा अन्य जनावरमा पनि कोरोना भाइरस पुष्टि भइसकेको छ।

National life

मुख्य पशु चिकित्सा अधिकारीका अनुसार पशु स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण पछि कुकुरमा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य अधिकारीहरूले संक्रमित कुकुरको स्वास्थ्य घरमै सुधारोन्मुख रहेको बताएका छन्।

कुकुरलाई कोरोना संक्रमण हुनुभन्दा  पहिले मालिकलाई संक्रमण भएको पशु चिकित्सा अधिकारीहरूले बताएका छन्। तर, मालिकबाट कोरोना सरेको हो वा कुनै अन्य जनावरबाट भन्ने चाहिँ पुष्टि हुन नसकेको अधिकारीहरूले बताएका छन्। 

मुख्य पशु चिकित्सा अधिकारी क्रिस्टीन मिडिलमिसले कुकुर संक्रमित हुनु निकै दुर्लभ भएको बताएका छन्। कुकुरमा केही दिन हल्का लक्षण देखिने र केही दिनमा आफै ठिक हुनेसमेत उनले बताएका छन्।

प्रकाशित: Nov 11, 2021| 07:34 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।