शुक्रबार, वैशाख १८, २०८३

नोबेल विजेता मलालाले सुरु गरिन् वैवाहिक जीवन

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

इस्लामावाद- नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छन्। छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विवाह गरेकी हुन्। 

National life

उनले आफ्नो वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छन्।

बेलायतमा बस्दै आएकी उनको बेलायतमा बैवाहिक कार्यक्रम गरे भएको हो। सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छन्। 

'मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,' उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्।  

इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ। यसको कानुनी हैसियत भने रहदैन। महिला अधिकारको पक्षमा लागेको र मुिस्लम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए। 

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए।

त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार प्राप्त गरिन्। उनी अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरु मध्ये सबैभन्दा कान्छी हुन्।

उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् भने विश्वभर मानवअधिकारकर्मीको पहिचान बनाएकी छन्।

प्रकाशित: Nov 10, 2021| 20:21 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।