मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुढानीलकण्ठमा 'आइसब्रेक' : कम्युनिस्ट अधिनायकवादविरुद्ध कांग्रेस एकजुट भएर लड्ने

बुढानीलकण्ठमा 'आइसब्रेक' : कम्युनिस्ट अधिनायकवादविरुद्ध कांग्रेस एकजुट भएर लड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको आन्तरिक विवादलाई थाति राख्दै कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध एकजुट भएर लड्ने निष्कर्षमा पुगेका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा मंगलबार दिउँसो बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठक नेताहरूबीच 'आइसब्रेक' भएको बैठकमा सहभागी नेताले जनाएका छन्।

‘शीर्ष नेताबीचको आइसब्रेकले बैठकको वातावरण नै सौहार्द्रपूर्ण थियो,’ प्रवक्ता विश्वप्रकाश शर्माले बैठकपछि नेपाल समयसँग भने, 'शीर्ष नेताबीचको केही निष्कृयता र हार्दिकतामा देखिएको कमीलाई आजको बैठकले हार्दिकतामा परिणत गरेको छ।’

सरकारले राज्य सञ्चालनको क्रममा देखाएको सर्वसत्तावाद र अधिनायकबादी क्रियाकलापविरुद्ध लड्नुपर्नेमा सबै नेताको एकमत रहेको उपसभापति विमलेन्द्र निधिले बताए।

पार्टीको संसदीय भूमिकालाई प्रभावकारी बनाउने र पार्टीको आन्तरिक संगठन र भातृसंस्थाको परिचालन र व्यवस्थापनका बिषयमा समेत छलफल भएको प्रवक्ता शर्मा बताउँछन्। ‘संविधानको धारा ९१ को उपधारा २ बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलबाट प्रतिनिधित्व गर्ने हुनुपर्ने प्रावधानलाई सत्ताको आडमा उलंघ्घन गरेको ठहर बैठकले गरेको छ’, प्रवक्ता शर्माले भने।

उनले उपसभामुखमा कांग्रेसको दाबी नरहे पनि संविधानको पालना गराउनेतर्फ कांग्रेसले संसदमा दबाबमूलक भूमिका खेल्ने वताए।
 
कांग्रेसले चिकित्सक गोविन्द केसीले उठाएको मागलाई समर्थन गर्दै संविधान बमोजिम मौलिक अधिकारको प्रयोगमा बाधा नपुर्‍याउन सरकारलाई चेतावनी दिएको छ। पुत्र हत्याका दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेकी गंगामाया अधिकारको स्वास्थ्य स्थिति बिग्रदै गएकोमा कांग्रेसले चिन्ता प्रकट गरेको छ।

‘गंगामायाको स्वास्थ्य स्थिति बिग्रदै गएकोमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिनु पर्छ’, प्रवक्ता शर्माले बैठकको निर्णय सुनाउँदै भने ‘जनताले संविधान बमोजिम विरोध प्रदर्शन गर्न पाउने मौलिक हक खोसिएकोमा बिरोध प्रकट गर्छ।’

पार्टीको आन्तरिक सांगठनिक बिषयमा शीर्ष नेताबीच महासमिति बैठक निर्धारित समयमा सम्पन्न गर्न विधान मस्यौदा समिति तत्काल गठन गर्ने, नेपाल लोकतान्त्रिक फोरमसँगको एकता प्रकृयालाई निष्कर्षमा पुर्‍याउने र भातृ संगठनमा देखिएको समस्यालाई समाधान गर्दै जाने निष्कर्ष निकालिएको प्रवक्ता शर्माले वताए।

सभापति बोलेनन पौडेलले बिषय प्रवेश गराए

सभापति देउवाले बोलाएको शीर्ष नेताको बैठकको प्रारम्भ वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए। बैठकमा सभापति देउवाले कुनै धारणा नराखे पनि बैठकमा बिषयबस्तुको प्रवेश भने पौडेलले गराएको प्रवक्ता शर्मा बताउँछन्।

नेता पौडेलले पार्टीलाई विधिगत, पारदर्शी, संस्थागत ढंगले कसरी अघि बढाउने भन्ने बिषयमा सुझाव दिन नेताहरुसँग आग्रह गरेको थिए। उनले सक्रिय सदस्यता वितरण विधिसम्वत गर्न, भातृ संस्थाको महाधिवेशन निर्धारित समयमै गर्न, तदर्थ समितिबाट संगठन नचलाउन सुझाएको नेता केसीले जानकारी दिए।

अधिकांश नेताहरुले पार्टी भित्रका कमजोरी बाहिर नल्याएर पार्टी भित्रै राख्न आग्रह गरेको शर्मा बताउँछन्। तर पूर्वसहमहामन्त्री केसी भन्छन, ‘नेता पौडेल लगायतका साथिहरुले सुझाव त दिनु भयो तर सभापतिले केही जवाफ दिनु भएको छैन। त्यसैले यि सब बिषय छलफलकै क्रममा छन्, निष्कर्ष आएको छैन।’

को-को थिए शीर्ष बैठकमा ? 

सभापति देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएको अनौपचारिक बैठकमा पदाधिकारीहरु सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादब र प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित थिए।

सो बैठकमा पूर्वपदाधिकारीहरु पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा. रामशरण महत र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि थिइन्। त्यस्तै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र दुई केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की र डा. मिनेन्द्र रिजालको पनि उपस्थिति थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।