बुधबार, भदौ ३, २०८३

तस्बिरमा हेर्नुहोस् छठको उल्लास

छठपर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- छठपर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। 

अहिले देशका विभिन्न क्षेत्रमा तराई र पहाडी मूलका नागरिक छठपर्व मनाइरहेका छन्। तराई–मधेसका नागरिकसँगै पहाडी मूलका नागरिकले पनि यो पर्व मनाउन थालेका छन्।

पहिला तराईको सीमित क्षेत्रमा मनाउँदै आएको यो पर्व अहिले राष्ट्रिय रूपमा नै मनाउन थालिएको छ। सरकारले यस पर्वका लागि बुधबार सार्वजनिक बिदासमेत दिएको छ। 

छठ पूजा सेवा समितिद्वारा छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको सूर्य भगवान, गणेश, शिवशङ्करलगायत विभिन्न देवीदेवताका मूर्ति। तस्बिर : रासस
छठ पूजाका लागि धनगढीको मोहना घाटमा निर्माण गरिएको आकर्षक (सूर्यको एउटा आकार)श्री स्वप्ता। तस्बिर : रासस
छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन। तस्बिर : रासस
छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन। तस्बिर : रासस
छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर। तस्बिर : रासस
छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर।तस्बिर : रासस
छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर।तस्बिर : रासस
छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री। तस्बिर : रासस
छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर। तस्बिर : रासस

सूर्यलाई अर्घ्य दिने क्रममा एक श्रद्धालु काठमाडौंको कमलपोखरीमा। तस्बिर : दिनेश श्रेष्ठ/नेपाल सयम


प्रकाशित: Nov 10, 2021| 17:18 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।