बुधबार, भदौ ३, २०८३

नेपाली पाठकलाई पाउलो कोएलोको भिडियो सन्देश

विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति हिप्पीका नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं– विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति हिप्पीका नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन्। हिप्पीको नेपाली अनुवाद सार्वजनिक भएको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन्।

पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्यसामग्री नेपाली साथीहरूका लागि हो। म र मेरा कृतिलाई माया गरिदिएकामा तपाईंहरूलाई धेरैधेरै धन्यवाद।’ 

पाउलोलाई अति मन पराउने लेखक बुद्धिसागरलाई समेत उनले सम्झिएका छन्। विश्वविख्यात लेखक पाउलोको पुस्तक अंग्रेजीमा पढ्न नसक्नेहरूका लागि हिप्पीको यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए। ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने।

हिप्पीको नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो। जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी। बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी टे«ल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन्। उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर। अनि सुरु हुन्छ, उनीहरूको जीवन परिर्वतन गर्ने प्रेमकथा। हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन्।

विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको द अल्केमिस्टका लेखक हुन्, कोएलो।


प्रकाशित: Nov 10, 2021| 15:54 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।