बुधबार, भदौ ३, २०८३

६८ लाख नाघ्यो घरपरिवार संख्या

९० प्रतिशतजति डेटा जिल्ला–जिल्लाबाट आइसकेको छ। प्रारम्भिक त ६८ लाख आइसकेको छ। त्यो प्रारम्भिक नै भएको हुनाले ठ्याक्कै भन्न सकिने अवस्था छैन।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं– नेपालमा घरपरिवारको संख्या ६८ लाख नाघेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा घरपरिवारको संख्या ६८ लाख नाघेको हो। बिहीबारदेखि हुने मूल जनगणनाका लागि गरिएको घरपरिवार सूचीकरण कार्य गत कात्तिक १८ मा सम्पन्न भइसकेको छ।

घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्यांकअनुसार नेपालमा घरपरिवार संख्या ६८ लाख नाघेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। यसअघि जनगणना २०६८ अनुसार नेपालमा घरपरिवारको संख्या ५४ लाख २७ हजार थियो। विभागले यस वर्षको जनगणनामा घरपरिवार संख्या ७० लाख पुग्ने अनुमान गरेको थियो। ‘२०६८को जनगणनाअनुसार यस वर्षको जनगणनामा ७० लाख घरपरिवार संख्या ७० लाख पुग्ने अनुमान गरेका थियौं’, निर्देशक लामिछानेले नेपाल समयसँग भने, ‘प्रारम्भिक तथ्यांकअनुसार ६८ लाख घरपरिवार पुगेका छन्। त्यो संख्या अझै बढ्न सक्छ।’

उनका अनुसार अहिले सबै जिल्लाबाट घरपरिवार सूचीकरणको सबै तथ्यांक आइपुगेको छैन। घरपरिवार सूचीकरणका लागि वितरण गरिएका फाराम मूल जनगणनापछि मात्रै आइपुग्ने उनी बताउँछन्। तर, जिल्लाजिल्लाबाट तथ्यांक माग गर्दा करिब ९० प्रतिशत तथ्यांक आइपुगेको उनको भनाइ छ।

‘फाइनल अझै पनि गर्न सकिएको छैन। सबै फाराम नआईकनै भन्न सकिँदैन’, उनी भनछन्, ‘फाराम जनगणना सकिएपछि मात्रै आउने भए पनि ९० प्रतिशतजति डेटा जिल्ला–जिल्लाबाट आइसकेको छ। प्रारम्भिक त ६८ लाख आइसकेको छ। त्यो प्रारम्भिक नै भएको हुनाले ठ्याक्कै भन्न सकिने अवस्था छैन। जिल्लाबाट सोधपुछ गरेर ६८ लाख त आइसकेको छ।’

जनगणनाका लागि करिब ४० हजार गणक र साढे ८ हजार सुपरीवेक्षक परिचालन गर्ने काम सकिएको विभागले जनाएको छ।

घरपरिवार सूचीकरणका क्रममा कतिपय संख्या छुटेको पनि हुन सक्ने भन्दै उनले मूल जनगणनाको क्रममा घरपरिवार संख्या थप बढ्न सक्ने बताए। ‘फाइनल नआईकनै ठ्याक्कै त भन्न सकिँदैन’, उनले भने, ‘घरपरिवारको संख्या मूल गणनामा बढ्छ। मूल गणनामा यसअघि छुटेका समावेश भएर आउँछन्।’

यसैबीच विभागले बिहीबारदेखि मूल जनगणना गर्न लागेको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणनाको शुभारम्भ गर्ने कार्यक्रम छ। जनगणनाका लागि सबै तयारी पूरा भइसकेको विभागले जानकारी दिएको छ। जनगणनाका लागि करिब ४० हजार गणक र साढे ८ हजार सुपरीवेक्षक परिचालन गर्ने काम सकिएको विभागले जनाएको छ। जनगणना आगामी ९ मंसिरसम्म चल्नेछ।

यसअघि गत जेठ २५ देखि असार ८ सम्म हुने भनिएको जनगणना कोरोना महामारीको जोखिमका कारण रोकिएको थियो।


प्रकाशित: Nov 10, 2021| 15:18 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।