बुधबार, भदौ ३, २०८३

दुई पसलमा आगलागी हुँदा ९० लाख बढीको क्षति

शिवराज नगरपालिका- ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन्।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

कपिलवस्तु- कपिलवस्तुको चन्द्रौटामा गए राति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ। शिवराज नगरपालिका- ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन्। 

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगलागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।  आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन्। दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ।

फेन्सी पसलको ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ। 

आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। कम्प्युटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। -रासस

प्रकाशित: Nov 10, 2021| 13:25 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।