मंगलबार, असार ३०, २०८३

राष्ट्रपति उत्कृष्ट पुरस्कार पाँच जना कृषकलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले आर्थिक वर्ष २०७४-७५ को लागि पाँच जनालाई सर्वोत्कृष्टसहित उत्कृष्ट पुरस्कार वितरण गर्ने भएको छ। कृषकहरुको मनोबल उच्च राख्दै उनीहरुको योगदानलाई सम्मान तथा समग्र कृषि पेशालाई समाजनको आकर्षक एंव सम्मानित पेशाको रुपमा स्थापित गर्ने उद्देश्यले उक्त पुरस्कार प्रदान गरिने भएको हो।

पुरस्कार बुधबार एक समारोहकाबीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलयअन्तगर्तको कृषि विभागस्थित हरिहर भवनमा वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

पाँच जनामध्ये सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई दिने घोषणा सरकारले गरेको छ। गोरखा पालुङटार नगरपालिका वडा नं ७ का उनलाई गाईपालन विधामा उक्त राष्ट्रिपति सर्वोकृष्ट पुरस्कार वितरण तथा सम्मान गर्न लागेको हो।  

गाईपालकलाई पुरस्कार स्वरुप नगद २ लाख रुपैयाँ तथा प्रमाण पत्रसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयकाअनुसार भरतपुर महानरनगरपालिका चितवनका योगेन्द्रबहादुर खड्कालाई बाख्रापालनमा, खजुरा गाँउपालिका बाँकेका लालबहादुर सुनुवारलाई च्याउ खेतीमा राष्ट्रियपति उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्