बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकका कर्मचारीको मिलेमतोमा नक्कली लालपुर्जा बनाएर १९ करोड ठगी

बैंकका कर्मचारीको मिलेमतोमा नक्कली लालपुर्जा बनाएर १९ करोड ठगी

कुमारी बैंकका कर्मचारीको मिलेमतोमा गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरेको पाइएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं– कुमारी बैंकका कर्मचारीको मिलेमतोमा गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरेको पाइएको छ। गायक अमात्यले दिएको उजुरीका आधारमा बैंकका पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुरसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। 

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अमात्यको बारामा रहेको १२ बिघा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा चारैजनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको पाइएको छ। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी पत्नी सञ्चालक रहेको कम्पनी हो। सिंहले भने, 

‘बैंकका असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा नक्कली लालपुर्जा बनाएर बैंकको न्युरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको हो।’


प्रकाशित: Nov 10, 2021| 10:32 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।