चितवन– कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको दुर्घटनाग्रस्त भएको छ।
सौराहा घुम्ने यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो।
बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए।
बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।