धनगढी- कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित पाँच जनालाई अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाय उपरीक्षक प्रतीक बिष्टले बताए।
‘दुई समूहबीच झडप हुँदा घटना घटेको हो,’ प्रहरी नायव उपरीक्षक बिष्टले भने, ‘टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।’
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।