मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चेम्बर र वेस्ट बंगाल ट्रेड एसोसिएसनबीच बीटुबी वार्ता

चेम्बर र वेस्ट बंगाल ट्रेड एसोसिएसनबीच बीटुबी वार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल चेम्बर अफ कमर्श र वेस्ट बंगाल ट्रेड एसोसिएसन(सीडब्ल्युबीटीए)बीच बीटुबी वार्ता भएको छ। नेपाल चेम्बर अफ कमर्शको आयोजनामा औपचारिक रुपमा मंगलबार भारतको कोलकत्तास्थित वेस्ट बंगाल ट्रेड एसोसिएसनबीच बिजनेश टु बिजनेश( बीटुबी) वार्ता भएको हो।

वार्ताको क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वार्ता नेपाल र भारतबीचको व्यापारको लागि महत्वपूर्ण हुने बताए।

‘नेपाल र भारतको व्यापारको ऐतिहासिक महत्व छ,’उनले भने ‘त्यसैलाई निरन्तरता दिँदै सीडब्ल्यु्बीटीएसँग हामीले बीटुबी वार्ता शुरु गरेका हौं।’ त्यस्तै उनले वेस्ट बंगालको राजधानी कोलकत्तामा उक्त एसोसिएशनले हरेक वर्ष आयोजना गर्ने व्यापार मेलामा नेपाली व्यपारीहरुले भाग लिँदै आएको जानकारी दिए।

त्यस्तै एसोसिएसनका अध्यक्ष शुसिल पोद्दारले नेपालसँग बीटुबी वार्ता गर्न पाउदा खुसी व्यक्त गरे। उनले नेपाली व्यापारीहरुसँगको सम्बन्ध सुमधुर रहेकोसमेत वार्ताको क्रममा  जानकारी गराए।‘हामी नेपालको हस्तकलाका समाग्रीहरुलाई खुलेरै प्रशंसा गर्न चाहन्छौं,’ उनले भने ‘त्यस्ता उद्योगीहरुसँग व्यापार सम्बन्धमा सहकार्य तथा सम्झौता गर्न इच्छुक छौं।’

सोही क्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले थप भारतीय व्यापारीहरुलाई नेपालको व्यापारीक वातावरण अहिले वितगकोभन्दा राम्रो रहेको बताए। उनले अहिले नेपालमा स्थिर सरकार आएको साथै समृद्धीको दिशामा अघि बढेको, लगानीमैत्री वातावरण सृजना भएकोलगायत सुधारको बारेमा उनीहरुलाई जानकारी गराए। ‘विभिन्न मुलुकहरुसँग बीटुबी वार्ताको ढोका खुलेको छ,’ उनले भने ‘वैदेशिक र निजी लगानीहरु भित्रिन थालेको छ।’

उनको अनुसार भारतबाट बीटुबी वार्ताको लागि ११ जनाको व्यापारी टोली नेपाल आएका हुन्। विभिन्न चरणमा अनौपचारिक रुपमा वार्ताहरु बिहीबारसम्म चल्नेछ ।
वार्ता छुट्टा छुट्टै उत्पादनहरुप्रति केन्द्रित हुनेछ। जसमा हस्तकला, कस्मेटीक सामाग्री, लुब्रिकेन्ट, अटोमोबाइललगायतका दुई देशबीचको व्यापार सम्बन्धमा बीटुबी वार्ता हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्