मंगलबार, असार ३०, २०८३

कांग्रेस संसदीय दलको बैठक भोलि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार संसदीय दलको बैठक बोलाएको छ। 

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार १० बजेका लागि बैठक बोलाइएको नेपाली कांग्रेसबाट सासंद बनेका बालकृष्ण खाँडले जानकारी दिए। 

पछिल्लो समयमा कम्युनिस्ट सरकारले मनपरी ढंगले विधेयक ल्याउने तयारी गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस विषयमा धारणा बनाउन बैठक बोलाइएको नेपाली कांग्रेसबाट सासंद बनेका मिन विश्‍वकर्माले बताए।   

संविधान बमोजिक मौलिक हकसम्बन्धि नयाँ विधेयक ल्याउने प्रकृया अघि बढीरहेकोबेला सरकारले अनावश्यक हस्‍तेक्षप गरी जनताको हकहित विपरित अधिनायकवादलार्इ मलजल गर्ने गरी विधेयकको मस्यौदा तयार पारेकोमा आपत्ति जनाउँदै अब कांग्रेस चुप लागेर नबस्ने विश्वकर्माले बताए। 

उनले भने, 'भोलिको बैठकबाट यस्ता मनपरीतन्त्रका विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा आधिकारिक धारणा तय गरिने छ।'

कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्ने नाममा मेडिकल माफियालार्इ सहयोग पुग्ने गरी विधेयक ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।