बुधबार, भदौ ३, २०८३

बुटवलको नयाँ गाउँमा आगलागी हुँदा तीन घर जले

सडक पिचका लागि अलकत्रा पगाल्न बाल्दा त्यसबाट सल्किएको आगलागीबाट बुटवलमा तीन घर जलेका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

बुटवल- सडक पिचका लागि अलकत्रा पगाल्न बाल्दा त्यसबाट सल्किएको आगलागीबाट बुटवलमा तीन घर जलेका छन्। सोमबार साँझ साँढे ५ बजेतिर आगो लागेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

बुटवल १२ नयाँगाउँस्थित भित्रि सडकमा पिचका लागि अलकत्रा बाल्दा त्यहाँबाट सल्किएको आगोले तीन घरमा क्षती भएको हो। एक घर पूर्ण, एक घर आधा भन्दा बढि र एउटा घरमा आगलागीले आंशिक क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए। 

आगलागीबाट एउटा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगो बुटवल, सैनामैना र देवदहबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो।

'उज्यालोमै आगो लागेकाले मानवीय क्षती हुन पाएन,' प्रहरी नायव उपरीक्षक केसी भने। उनले घर जलेर नष्ट भएकाले लाखौं क्षती भएको अनुमान गरिएको बताए।

प्रकाशित: Nov 09, 2021| 06:29 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।