काठमाडौं- बैंकिङ कसुरको मुद्दामा साढे ९ लाख जरिवाना सुनाइएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला वडा नं. १० झोझरा घर नम्बर १३६५ घर भई जिल्ला काठमाडौं कामनपा-१ कमलपोखरी ४५ बस्दै आएका वर्षीय राजहरण साह छन्। उनलाई काठमाडौं-१ कमलपोखरीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।
साह ललितपुर महानगरपालिका-१५, सातदोबाटोस्थित जयबाबा गणिनाथ महाराज सप्लायर्समा प्रमुख पदमा कार्य थिए। आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर ०७५ पुस ५ मा ग्लोबल आईएमई बैंक, शाखा कार्यालय, ज्ञानेश्वरको चेक दिएका थिए। तर चेकबाट रकम भुक्तानी नभएपछि केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो।
यसपछि प्रहरीले उच्च अदालत पाटनमा मुद्दा चलाएको थियो। साहलाई ७ दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने उच्चले फैसला सुनाएको छ।
फैसला कार्यान्वयनका लागि उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जानकारी दिएको छ।