बुधबार, भदौ ३, २०८३

राजनीतिक भागबन्डाका आधारमा भूमि आयोगमा थपिए ४ सदस्य

राजनीतिक भागबन्डाका आधारमा भूमिसम्बन्धी समस्या समाधान आयोगमा चार सदस्य थपिएका छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- राजनीतिक भागबन्डाका आधारमा भूमिसम्बन्धी समस्या समाधान आयोगमा चार सदस्य थपिएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सिफारिसमा एक-एक जना सदस्यहरू थपिएका हुन्। 

चारै सदस्यलाई आयोग अध्यक्ष केशव निरौलाले सोबार नै पद तथा गोपनीयताको शपथ खुवाएका छन्। नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा बासुदेव हुमागाईं आयोग सदस्यमा नियुक्त भएका हुन्। आयोगमा अझै दुई सदस्यको पद रिक्त छ।

शपथ खुवाएपछि अध्यक्ष निरौलाले अब तीव्र गतिमा काम अघि बढाउने दाबी गरे। आयोगको प्राथमिकतामा भूमिहीन दलित परेको समेत उनको भनाइ छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरी सरकारले नयाँ आयोग बनाएको थियो। पछि कांग्रेस निकट निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको थियो।

प्रकाशित: Nov 08, 2021| 18:48 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।