सोमबार, फागुन १८, २०८२

श्रीमतीको हत्या आरोपित पक्राउ

३५ वर्षीया पत्नी चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनिया पक्राउ परेका छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

कपिलवस्तु–  ३५ वर्षीया पत्नी चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनिया पक्राउ परेका छन्।

असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरे पनि तत्काल पहिचान खुलेको थिएन।

असोज २६ गते इलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो ।

घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा उनलाई प्रहरीले बुद्धभूमि नगरपालिका(९ डुमरामा फेला पारी पक्राउ गरेको हो।

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको प्रहरीको दाबी छ। 

kumari

प्रकाशित: Nov 08, 2021| 23:50 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।