बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झर्न सक्छ, सतर्क रहौँ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झर्न सक्छ, सतर्क रहौँ : मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरु भएसँगै काठमाडौं उपत्यकाको तापक्रम जिरो डिग्री सेल्सियसभन्दा पनि कम हुन सक्ने आकलन गरिएको बताएका हुन्। न्युज एजेन्सीसँग कुरा गर्दै उनले चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहन आग्रहसमेत गरेका छन्।  

'गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ। कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियससम्म पुगेको छ। आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ,' मौसमविद् पौडेलले भने।

उनले यो साता खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातीको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको बताए। 'अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन। क्रमिक रुपमा जाडो बढ्दै जान्छ, हिजोआजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसमी तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ। काठमाडौँमा यति नै तापक्रम पुग्ला भन्न त सकिँदैन। तर माइनस वा जिरोको आसपास जान सक्छ। अझै जाडोको मुख्य समय आउन बाँकी नै छ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढीरहेकोले नेपालमा पनि जाडो याममा मुख्य सहरमा प्रदूषण बढ्न सक्ने बताए। लामो समयसम्म खडेरी भएमा प्रदूषण वायुमण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने उल्लख गरे। 

वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने उल्लेख गरे।

'काठमाडौँ लगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ। त्यसैले हामीले अहिले बाट नै त्यसको तयारीका कुराहरु अपनाउनु पर्ने हुन्छ। जाडोलाई मध्यनजर गर्दै त्यही अनुसार तयारीका कुराहरु व्यवस्थित गर्नुपर्छ। सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् तयारीका कुराहरु अहिलेबाटै अपनाउनु पर्छ,' उनले भने, 'जाडोयाममा मर्निङ वाक गर्न राम्रो मानिँदैन। बरु बन्द कोठामा योगा गर्नुपर्छ। जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ। दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउँदै जानुपर्ने हुन्छ।’

प्रकाशित: Nov 08, 2021| 15:34 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।